एनसेलको चाडपर्व योजना : पेजी डेटा शुल्क प्रतिएमबी १ रुपैयाँ र रिचार्जमा बोनस ब्यालेन्स पाइने | Khabarhub Khabarhub

एनसेलको चाडपर्व योजना : पेजी डेटा शुल्क प्रतिएमबी १ रुपैयाँ र रिचार्जमा बोनस ब्यालेन्स पाइने


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले यसपालीको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ ।

चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी रु १ बनाएको छ र यसका साथै ग्राहकले अब रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप ब्यालेन्स वा डेटा पाउन सक्ने जनाइएको छ ।

यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्नेछन् । ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक रु १ प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

दशैं, तिहार र छठको अवसरमा ल्याइएको पेजी अन्तर्गत रु १ प्रति एमबी अफर बुधवार (असोज २०) देखि लागू भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागू हुनेछ । यो योजना ९० दिनको लागि मान्य हुने एनसेलले जनाएको छ ।

रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्ने जनाइएको छ । रु ५० देखि रु ९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबी देखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डेटा भोलुम प्राप्त गर्नेछन् ।

त्यस्तैगरी रु १०० देखि रु १९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसिमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त गर्नेछन् । रु २०० वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डेटा भोलुम पाउँने एनसेलले जनाएको छ ।

चाडपर्वको अफर अन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्व राख्ने र उनीहरुलाई आफ्ना परिवारजन, साथीभाईसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

एनसेलले बुधवार (असोज २०) चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका सहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको थियो ।

यसका साथै विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्छन् । यो योजना बिहीबार (असोज २१) बाट पाँच हप्ता संचालनमा रहनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  २ : २१ बजे

पाल्पामा ५२ करोड ७६ लाखको सुन्तला बिक्री

पाल्पा– पाल्पामा यसवर्ष ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन

ट्रमा सेन्टर बनाउन ६४६ रुख काटिने

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो

जितको खोजीमा रहेको नेपाल आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं – जितको खोजीमा रहेको नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट

मनाङको तिमाङ जङ्गलमा लागेको आगो अझै निभेन

मनाङ– मनाङमा शुक्रबार बेलुकादेखि लागेको आगो अझै निभाउन सकिएको छैन

महिनावारीको समयमा अत्यधिक रक्तश्राव भए के गर्ने ?

काठमाडौँ – महिनावारीको अवधिमा सामान्य भन्दा बढी रगत बग्नुलाई हेभी