अभिनेत्री सञ्जनामाथि ट्याक्सी चालकको उजुरी « Khabarhub

अभिनेत्री सञ्जनामाथि ट्याक्सी चालकको उजुरी


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– भारतको बेङ्लोरका एक ट्याक्सी चालकले कन्नड अभिनेत्री सञ्जना गलरानीविरुद्ध उजुरी गरेका छन् । उनले अभिनेत्रीमाथि ट्याक्सीमा एयर कण्डिसनर नलाउदा आफूमाथि गाली गरेको आरोप लगाएका छन् ।

ती चालकका अनुसार ट्याक्सीमा एसी चलाउनु कर्नाटकको कोभिड–१९ दिशानिर्देशको विरुद्ध हो । तर अभिनेत्री गलरानीले सामाजिक सञ्जालमा आफूलाई चालकले दुःख दिएको र उनले आफूलाई कोभिड–१९ दिशानिर्देशका बारेमा केही नबताएको उल्लेख गरेकी छन् ।

‘सञ्जना मंगलबार बिहान यहाँ दोम्मलूरमा आफ्नो ट्याक्सीमा थिइन् । उनी ट्याक्सीमा बसिन् र मलाई एयर कन्डिसनर चालु गर्न भनिन् । मैले सरकारको कोभिड–१९ दिशानिर्देश अनुसार एयर–कण्डिसनर चालु गर्न अस्वीकार गरें । त्यसपछि उनले ठूलो स्वरमा मेरो स्तरको बारेमा गाली गरिन्’, चालकको उजुरीपत्रमा उल्लेख छ ।

चालकले आफूलाई अभिनेत्रीले अपहरणको मामला दर्ता गर्ने र सामाजिक सञ्जालमा आफूविरुद्ध अभियान चलाउने धम्की दिएको दाबी गरे । उनले आफूले कर्नाटक ड्राइभर्स फेडरेसनमा आफूमाथि भएको दुव्र्यवहारका विषयमा जानकारी दिएको बताएका छन् ।

अभिनेत्री सञ्जनाले भने घटनाप्रति आफू दुःखी भएको बताएकी छन् । ‘के म एक ट्याक्सी ड्राइभरलाई चुनौती दिन सक्छु ? म यति निच काम कहिल्यै गर्दिनँ । एक ग्राहकका रुपमा मैले ट्याक्सीमा सेवा मागेको हुँ । यो मेरो अधिकार हो । चालकले ममाथि लगाएको आरोप केवल कथाबाहेक केही होइन’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ४९ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा