आर्यनको जमानत निवेदन अदालतद्वारा अस्वीकार « Khabarhub

आर्यनको जमानत निवेदन अदालतद्वारा अस्वीकार


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– लागुऔषध मामलामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालत समक्ष जमानतका लागि दिएको निवेदनलाई अदालतले अस्वीकार गरेको छ ।

मुम्बईको मेजिस्ट्रेट कोर्टमा शुक्रबार दिनभर चलेको सुनुवाईले आर्यनको जमानत स्वीकार नगर्ने निर्णय लिएको हो । यो निर्णयसँगै आर्यनसहित अन्य ८ जनाले अझै न्यायिक हिरासतमा बिताउनु पर्नेछ ।

आर्यनका वकिल सतीश मानेशिन्देले मुख्य आरोपी पक्राउ नपरेसम्म अन्य आरोपीलाई हिरासतमा राख्न नमिल्ने दाबी गर्दै गरेका थिए । दुवै पक्षको बहस सुनेपछि अदालतले बिहीबार आर्यनसति ७ आरोपिलाई १४ दिनसम्म न्यायिक हिरासतमा पठाउने निर्णय लिएको थियो ।

अदालतले आर्यनसहित अरबाज मर्चन्ट र मुनमुन धमीजको निवेदन खारेज गरिदिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ५ : ५५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट