दुई सन्ताको हत्यापछि आमाले गरिन् आत्महत्या « Khabarhub

दुई सन्ताको हत्यापछि आमाले गरिन् आत्महत्या


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा आमाले दुई सन्तानको हत्यापछि आत्महत्या गरेकी छन्। नगराइन नगरपालिका– ४ मा आफ्ना ३ र ५ वर्षका दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

लगमाका गुरुदेव साहकी श्रीमती २५ वर्षीया गुडियादेवी साहले आत्महत्या गर्नुअघि दुई छोराको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी निमोठेर हत्या गरेपछि गुडियाले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

श्रीमान मजदुरी गर्न घरमा नरहेको समय शुक्रबार साँझ दुई छोराको हत्यापछि गुडियाले आत्महत्या गरेको धनुषा प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

घरमा सासूससुरामात्रै रहेको बेला गुडियाले घटना घटाएर आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । गुडियाले प्रेमविवाह गरेका कारण छोराहरूको हत्यापछि आत्महत्या गर्न नसक्ने माइती पक्षको दावी छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १ : २६ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण