खसीबोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ | Khabarhub Khabarhub

खसीबोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँका लागि किनबेच हुने खसीबोकाको मूल्य तय भएको छ ।

दशैँ तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँका लागि खसीबोकाको मूल्य एक किलोको ६४० रुपैयाँ तोकेको छ ।

कम्पनीले काठमाडौँको थापाथलीमा रहेको आफ्नै कार्यालय परिसरमा प्रतिकिलो ६५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैँका लागि प्रतिकिलो १० रुपैयाँ छुट दिएर ६४० रुपैयाँमा बिक्री वितरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकलाई आग्रह गरे । उनले खसी, बोकाको अभाव हुन नदिने पनि बताए ।

कम्पनीले हाल २ हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ । तर ग्राहकहरूको चाप बढेकाले आवस्यक्ता अनुसार थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वाग्मती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिए । दैनिक ५ सय वटा खसी, बोका बिक्री वितरण हुने अनुमान गरिएको उनले बताए ।

कम्पनीले बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ३५ बजे

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

काठमाडौं – कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा