संघीय सरकारले उदारताका साथ प्रदेशलाई अधिकार दिएन: मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

संघीय सरकारले उदारताका साथ प्रदेशलाई अधिकार दिएन: मुख्यमन्त्री पोखरेल


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई अधिकार दिने सवालमा सङ्घीय सरकार उदार हुन नसकेको आरोप लगाएका छन् ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले तनहुँको बन्दीपुरमा आयोजना गरेको वन व्यवस्थापनमा देखिएका समस्या समाधानसम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले संघीय सरकारले उदारताका साथ प्रदेशलाई अधिकार नदिएको बताए ।

मुख्यमन्त्री पोखरेलले नेपालको सामुदायिक वन विश्वमा नमूना भनिए पनि अहिले आएर व्यवस्थापनमा समस्या देखिएको र यसका लागि स्थानीय तहसँग समन्वय जरुरी रहेको बताए ।

‘सङ्घीयता कार्यान्वयनमा आएपछि नागरिकले सरकारलाई नजिकबाट अनुभूति गर्न पाएका छन् । सिंहदरबार धाउनु परेको छैन । तर कतिपय अवस्थामा एक तहको सरकारका अधिकारमाथि अर्को तहले हस्तक्षेप गरिरहेका छन्’, उनले भने, ‘वन क्षेत्रमा यस्तै समस्या छ । वन तीन तहकै सरकारको साझा अधिकारको सूचीमा छ । तीन तहका सरकारबीच समन्वय हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।’

मुख्यमन्त्री पोखरेलले सङ्घले २०७६ मा वन ऐन ल्याएको र त्यो सङ्घीयताको मर्मविपरीत रहेको बताए । प्रदेशमा समायोजन भएका डिभिजन वन अधिकृतलाई उक्त ऐनले सङ्घ मातहतका भनी परिभाषित गरिदिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : १५ बजे

एमालेमा फरक मत दबाउने प्रयास : पूर्वराष्ट्रपति भण्डारी पक्षधर कार्यकर्तामाथि धमाधम कारबाही

काठमाडौं– नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षमा ल्याउनुपर्ने आवाज उठिरहेका

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

भोजपुर– टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा

युक्रेनमा बमबारीबाट सबै भन्दा धेरै क्षति

किभ – यो साता युक्रेनमा भएको बमबारीबाट मर्नेको सङ्ख्या ३१

भारतका चोङ्गरेङ्गलाई हराउँदै नेपालका रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म