साफ फुटबलमा आज नेपाल र भारत आमनेसामने हुँदै « Khabarhub

साफ फुटबलमा आज नेपाल र भारत आमनेसामने हुँदै

सहज अवस्थामा नेपाल, जित्नै पर्ने दबाबमा भारत


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच ‍ प्रतिस्पर्धा हुँदैछ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले दक्षिण एसियाली ‘पावर हाउस’ मानिने भारतको सामाना गर्दैछ । राति ९:४५ हुने खेलमा नेपालले जिते सीधै फाइनल यात्रा तय हुनेछ । तर फाइनलमा स्थान तय गर्न भारतलाई भने बाँकी खेल जित्नै पर्ने दबाब छ ।

सात पटकको च्याम्पियन भारतलाई हराउन सहज नभए पनि शुरूवाती दुई खेल जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदैछ । भारतकाविरूद्ध जित्नकै लागि खेल्ने भन्दै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलाडीलाई ढाडस दिएका छन् ।

२ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल भारतसँग यसअघिका खेलमा कमजोर देखिएको छ । तथापि जारी साफमा २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारतविरूद्ध नेपाल हावी हुन सक्ने पनि ठानिएको छ ।

यसअघिका भारतसँगका २१ खेलमा नेपाल १४ मा हार, ५ मा जित र २ खेल बराबरीमा सकिएका थिए ।

साफकै तयारी स्वरूप भएका दुई खेलमा पनि नेपाल एकमा पराजित र एक खेलमा बराबरीमा रोकिएको थियो ।

 

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : ४६ बजे

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज– बाँकेको नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ– आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको

रविको भारत भ्रमण : कूटनीतिक अग्निपरीक्षा र भू-राजनीति

नेपालको राजनीतिमा जहिले पनि एउटा बहस रहँदै आयो, सिंहदरबारको सत्ता

अण्डाको मूल्य बढ्यो

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल