मर्यादाक्रम सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण | Khabarhub Khabarhub

मर्यादाक्रम सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण


४ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा सङ्लग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका पदाधिकारीको आज बसेको पूर्ण बैठकले सो मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न गराउन आग्रह गर्ने निर्णय गरेको छ ।

आयोगले संवैधानिक संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम सरकारका कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमान मात्र हुने नभई समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामा समेत आँच आउने ठहर गरेको छ ।

मर्यादाक्रम निर्धारण गर्दा संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया, सङ्घीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानूनलाई आधार मान्नुपर्ने जनाएको छ ।

सरकारले हेरफेर गरी निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम उक्त निकायका प्रमुखको मर्यादाक्रमको लगत्तै पछाडि कायम गर्न गराउन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ४ : २३ बजे

प्रधानमन्त्री ओलीबाट इदको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र

इदले आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले

काठमाडौं– सभामुख देवराज घिमिरेले इद उल फित्रले सबै नेपालीबीच सद्भाव,

रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको फराकिलो जित

काठमाडौं – रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाको

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक