अपडेट : अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु « Khabarhub

अपडेट : अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अछाममा जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते  भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति ११ बजेतिर से १ च १७६३ नम्बरको जीप दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् ।

दुर्घटनामा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपानेको घटनास्थलमै मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी तुलसीराम अर्यालले जानकारी दिए । यस्तै पञ्चदेवल विनायक-२ का १८ वर्षीयका सर्प बोहरा र १७ वर्षीय हिमाल नेपाली तथा पञ्चदेवल वडा नम्बर ३ का १८ वर्षीय जीवन जैसीको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको  डीएसपी अर्यालले बताए ।

घाइते १४ जनामध्ये अधिकांशको जिल्ला अस्पताल अछाममा उपचार भरहेको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : २६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना