नेपालमा वीच्याट र अलिपेबाट भुक्तानी निषेध | Khabarhub Khabarhub

नेपालमा वीच्याट र अलिपेबाट भुक्तानी निषेध


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल राष्ट्र बैंकले दर्ता नभएका विदेशी भुक्तानी सेवा प्रदायकबाट आर्थिक कारेबार नगर्र्न नेपाली व्यवसायीलाई सचेत गराएको छ ।

सोमबार सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त क्रियाकलाप भएको पाइएमा कारोवारीलाई विदेशी विनिमय ऐन, २०१९ अन्र्तगत कारबाही गर्ने चेतावनी समेत दिएको छ । दर्ता नभर्ई पीओएस मेसिन, क्यूआर कोड स्क्यानरजस्ता पद्धति प्रयोग गरी भुक्तानी गर्नु गैरकानूनी भएकोले, उक्त करोवार बन्द गराईएको बैंकको भनाइ छ । बैंकले वीच्याट र अलिपेको नामै उल्लेख गरी उक्त सेवाप्रदायक कम्पनीहरु नेपालमा गैरकानूनी भएको बताएको छ ।

प्रायजसो चीनबाट नेपाल आउने पर्यटकले त्यहाँको डिजिटल भुक्तानी एप्लिकेशनको प्रयोग गरी नेपालमा सेवा लिने गरेका छन् । काठमाडौंका विभन्न पर्यटकीय क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट, गेस्टहाउस, ट्राभल एजेन्सीजस्ता ठाउँमा वीच्याट र अलिपेबाट भुक्तानी लिने गरेको पाइएपछि बैंकले सुचना जारी गरी उक्त क्रियाकलप निषेध गरको हो ।

यसरी भुक्तानी गर्दा नेपालमा कारोबार नदेखिने भएकाले करसमेत छलि हुने गरेको छ । वीच्याटमा र अलीपेमा जम्मा भएको पैशा चाइनाबाट सामान आयत गर्न व्यापारीहरुले प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  २ : ३७ बजे

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)