फोर्ड नेपालले ल्यायो रोडसाइड असिस्टेन्स | Khabarhub Khabarhub

फोर्ड नेपालले ल्यायो रोडसाइड असिस्टेन्स


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फोर्ड नेपाल (जीओ अटोमोबाइल्स प्रालि)ले चाडपर्वको अवसरमा ग्राहकको सहज र झन्झटरहित यात्राका लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ । दशैं र तिहारलाई दृष्टिगत गरेर कम्पनीले यो योजना ल्याएको हो ।

‘चाडबाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारको कमी हुने कारणले गाडी बिग्रिएमा स्थानीय सर्भिस पाउन कठिन हुन्छ । यस्तो समयमा फोर्ड नेपालले आफ्ना ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्समार्फत सेवा प्रदान गर्दै छ,’ कम्पनीद्वारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ, ‘फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार)मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ ।

यी स्थान काठमाडौँबाट बाहिरिने मुख्य बाटोमध्ये पर्दछ र नेपालको अरू स्थानमा ग्राहकको सेवा सुविधाका लागि हाम्रो सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहनेछ ।’

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : २७ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार