सामाजिक सुरक्षा भत्ता नपाउँदा ज्येष्ठ नागरिक दु:खी | Khabarhub Khabarhub

सामाजिक सुरक्षा भत्ता नपाउँदा ज्येष्ठ नागरिक दु:खी


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको जैमिनी नगरपालिका-१ की ९० वर्षीया बसुन्धरा शर्माको यस वर्षको दशैँ खल्लो भएको छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझेर दशैँका लागि आवश्यक तयारी गर्ने योजना बनाएकी शर्माले भत्ता नपाएपछि सबै योजना भताभुंग भएका हुन् ।

बसुन्धरा निसन्तान हुन् । विवाह गरेको एक साताभित्रै श्रीमानको निधन भएपछि उनी एकल जीवन बिताउँदै आएकी छन । घरमा दुई चार पैसा कमाइदिने कोही छैनन् ।

गत वर्षको बर्खामा पहिरोले घर भासिएपछि जैमिनी नगरपालिकाले ओत लाग्ने घर बनाइदिएको छ । तर निमेक गरेर खाने उमेर छैन । पर्दाको घडीमा काँध थाप्ने छोराछोरी छैनन् । बिहान बेलुकी हातमुख जोर्ने सहयोगी सामाजिक सुरक्षा भत्ता हो । यस वर्षको दशैँमा भत्ता नपाएपछि उनी निरास बनेकी छन् ।

नगरपालिकाले अख्तियारी ढिला आएको भन्दै समयमै सामाजिक सुरक्षा भत्ता रकम बैंकमा पठाउन नसक्दा सामाजिक सुरक्षा भत्ताको आशामा दशैँ मनाउने विपन्न परिवारलाई समस्या भएको छ । ‘हामीले बैंकको खातामा पैसा पठाइसकेका छौं, बैंकले पुर्‍याउँदै होला,’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भने ।

स्थानीय तहबाट ढिला गरी रकम पठाउँदा बाँड्ने समय नपुगेको बैंक कर्मचारीको भनाइ छ । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूह भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

तमानखोला गाउँपालिकाले आइतबार मात्रै बैंकमा पैसा पठाएको थियो । दशैँ बिदा हुन दुई दिन मात्रै बाँकी रहँदा सामाजिक सुरक्षा भत्ताबापतको रकम बैंकमा पठाइएकाले दशैँअघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारीको भनाइ छ । लेखा अधिकृतको सरुवालगायतका कारण समयमा निकासा दिन नसकेको गाउँपालिकाले जनाएको छ । बरेङ गाउँपालिकामा पनि भत्ता रकम बाँड्न ढिला भएको छ ।

बागलुङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरपालिकाले भत्ता नपठाएको जवाफ पाउने गरेका छन् । आफ्नो पेन्सन नभएका ज्येष्ठ नागरिकलाई दशैँका लागि खुद्रा बनाउने र दशैँ खर्चको जोहो गर्ने आधार भत्ता रकम हो ।

नगरपालिकाले आइतबार साँझ मात्रा चेक पठाएको गरिमा विकास बैंक बागलुङ शाखाका प्रमुख ओमप्रकाश शर्मा पौडेलको भनाइ छ । ढिला गरी चेक प्राप्त हुँदा दशैँअघि भत्ता बाँड्न समस्या भएको हो । सम्झौताअनुसार स्थानीय तहले १५ दिनअघि चेक दिनुपर्छ । चेक प्राप्त भएको १५ दिनभित्र लाभग्राहीको खातामा रकम जम्मा हुनुपर्ने शाखा प्रमुख पौडेलले बताए ।

बागलुङको काठेखोला गाउँपालिकाको अधिकांश वडामा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भए पनि दशैँअघि नै सबैले भत्ता पाउनेगरी १५ असोजमै बैंकमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले बताए । बैंक तथा वित्तीय संस्थामार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्रै दुई दिन समय लाग्ने गरेको बैंक कर्मचारीको भनाइ छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : २७ बजे

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौं – स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

लन्डन – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा चेल्सी र