मोतीपुर गोलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौँ पठाइयो « Khabarhub

मोतीपुर गोलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौँ पठाइयो


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी गम्भीर घाइते भएका चार प्रहरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए ।

झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई गरी चारजनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : २० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक