दुनैवासीको दुःख : दशैँमा पनि पाएनन् चामल « Khabarhub

दुनैवासीको दुःख : दशैँमा पनि पाएनन् चामल


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– दशैँ मनाउनका लागि २१० क्वीटल चामल प्रतिपरिवार १० केजीका दरले बाँड्दा पनि नपुगेर आइतबारदेखि डोल्पाको दुनैस्थित डिपो बन्द गरिएको छ ।

चामल नभएपछि सदरमुकाम दुनैको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो बन्द गरिएको कम्पनीका प्रमुख कमलराज पाण्डेले जानकारी दिए । सदरमुकामदेखि बाहिर सबै डिपोहरूमा करिब पाँच महिनादेखि बन्द रहँदै आएका छन् ।

कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगन्जबाट आइतबार ३८० क्वीन्टल चामल ढुवानी कार्य सुरु भएको उनले बताए । सो चामल दुनै पुग्न कम्तिमा तीन दिन लाग्ने उनले बताए । सो चामल दुनै पुगेलगत्तै वितरण गर्नका लागि आफूलगाएत मत्ताहातका कर्मचारीहरू दसैंमा घर नगएर कार्यालयमै बसेको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षको चामल समयमा नआउँदा अघिल्लो वर्षको मौज्दात एक हजार नौ सय क्विन्टल चामल प्रतिव्यक्ति १० केजी दिएर सकिएको छ । अहिलेसम्म एक हजार मानिसले सो १० केजीको दरले चामल लिएको पाण्डेले बताए । नमुना ढुवानी सेवा र एन्जीला ढुवानी सेवाले ३८० क्वीन्टल चामल आइतबार ढुवानी गरेको उनले बताए ।

सयौँ व्यक्ति चामल लिन आए पनि चामल नहुँदा रित्तो हाल फर्किन बाध्य भएको कार्यालय प्रमुख पाण्डेले बताए । आइतबार जुफाल डिपो अघिल्लो वर्ष मौजदात रहेको १५० क्वीन्टल चामल प्रतिव्यक्ति २५ केजीका दरले बाँडिएको छ । अन्य जिल्लाका ६ डिपोमध्ये पाँच डिपोमा चामल छैन ।

दैनिक चामलको लागि डिपोमा गए पनि कर्मचारीको अनुहार हेरेर फर्कनु परेको ठुलिभेरी नगरपालिका रुपगाडकी सुनिता शाहीले बताइन् । ‘बजारमा चामल छोइसक्नु छैन, पैसा तिरेर पनि चमल नपाउनु कस्तो देशका नागरिक भएर बस्नु परेको छ’, उनले भनिन् ।

काइगाउँमा ५० क्वीन्टल चामल आएको र त्यहाँ २५ केजी प्रतिव्यक्तिका दरले अघिल्लो वर्ष जगदुल्ला गाउँपालिकामा काम गरेबापत सो चामल वितरण गर्न लागिएको छ । त्यहाँ ५५० क्वीन्टल काम गरेबापत दिने भनि प्रदेश सरकारले अघिल्लो वर्ष नै रकम भुक्तानी गरेको थियो । सोबापतको अहिले ५० क्वीन्टल मात्र पुगेको छ । गरिब तथा दलित समुदायका लागि मात्र सो चामल उपलब्ध गराउने नीति रहेको थियो । विकास निर्माणको काम गरेबापत चामल उपलब्ध गराउने नीति लिइएको थियो । जुफाल डिपोमा अघिल्लो वर्षको मौजदात २०० क्वीन्टल चामल प्रतिपरिवार २५ केजीका दरले बाँडन लागिएको छ ।

अन्य डिपोमा दशैँको मुख आइपुग्दासम्म जुफाल, सहरतारा, लिकुलगायत पाँचवटै डिपोमा खाद्यान्न अभाव छ । डोल्पालीले पैसा तिरेर पनि चामल पाएका छैनन् । अघिल्लो वर्षको कैदी बन्दीलाई दिने चामल मात्र मौज्दात भएकाले वितरण गर्न नसकिएको व्यापार कम्पनीले जनाएको छ । यो वर्ष डोल्पाका लागि चालु आथिएक वर्षमा २० हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ । न्युज कारखानाबाट

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : २५ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक