भारत भ्रमण सकेर नेपाल फर्कियो कांग्रेसको टोली « Khabarhub

भारत भ्रमण सकेर नेपाल फर्कियो कांग्रेसको टोली


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको ५ दिने भ्रमण सकेर नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली नेपाल फर्किएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को विशेष निमन्त्रणमा दिल्ली पुगेको टोली सोमबार भ्रमण सकेर नेपाल आइपुगेको हो ।

नेपाल कांग्रेसका सहमहामन्त्री डा. महतको नेतृत्वमा नेताहरु उदय शमशेर राणा र अजय चौरसियासहित तीन सदस्यीय टोली गत असोज २१ गते भारत प्रस्थान गरेका थिए ।

दुवै देशका सत्तारुढ दल र दुई देशको सम्बन्ध सुमधुर बनाउनका लागि भन्दै कांग्रेसले तीन नेतालाई भारत भ्रमणमा पठाएको थियो ।

उक्त टोलीले गत बिहीबार बिहान दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको थियो । उक्त भेटमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर पनि सहभागी थिए ।

सो क्रममा कांग्रेस नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतसँग भेटघाट गरेको थियो । भ्रमणका क्रममा दुई देशबीचको पुरानो सम्बन्धका विषयमा समिक्षा भएको र सीमा समस्याका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४७ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक