नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम घट्यो | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम घट्यो


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले घटेर दुई हजार ६३९.३७ मा ओर्लिएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अंकले ओरालो लागेर ४९४.२२ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर रु तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर ओरालो लाग्यो । सामूहिक लगानी कोष ०.०६ र लगानी ०.९१ विन्दुले उकालो लाग्यो । बैंकिङ १६.२५, व्यापार ६४.४९, होटल तथा पर्यटन १८.६३, जलविद्युत् ३२.९३, वित्त ४२.७५, निर्जीवन बीमा ७८.९६, उत्पादन १८.१६, अन्य ३७.५२, लघुवित्त ६७.५८, जीवन बीमा ४१.०६ विन्दुले ओरालो लाग्यो ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १७ करोड १३ लाख ८५ हजार ३१८ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड ९२ लाख ४१ हजार ३१७, महालक्ष्मी विकास बैंक रु १२ करोड ४३ लाख ७६ हजार ४८, नेपाल पूर्वाधार बैंक रु ११ करोड ६७ लाख २८ हजार ७८४ र नेपाल बैंक रु १० करोड ५० लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा ग्लोबल आइएमई समुन्नत स्किम एक ९.९०, सानिमा लाइफ इन्स्योरेन्स ७.८८, नेपाल पूर्वाधार बैंक ५.०९, कुमारी इक्विटी फण्ड ३.३८ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.९१ प्रतिशतले कमाए ।

महालक्ष्मी विकास बैंक ८.७६, रैराङ हाइड्रोपावर ८.२९, छ्याङदी हाइड्रोपावर ७.४३, मल्टिप्रपोज फाइनान्स कम्पनी ५.२० र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ४.६९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : २० बजे

अक्टोबर ७ का ‘नायक’ विपिनको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू)

तेलअभिभ- हमासको कब्जामा रहेर ज्यान गुमाएका नेपाली बन्धक विपिन जोशीको

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर– यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा

रुपा तालमा माछाको उत्पादन घट्यो

गण्डकी– कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ ।