राजदूत पराजुली र ओमानका उपप्रधानमन्त्री सइदीबीच भेटवार्ता « Khabarhub

राजदूत पराजुली र ओमानका उपप्रधानमन्त्री सइदीबीच भेटवार्ता


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमान सरकारको अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपप्रधानमन्त्री तथा ओमानका सुल्तान हाइथम बिन तारिकका विशेष प्रतिनिधि राजपरिवार सदस्य असाद तारिक तेइमुर अल सइदीबीच अन्तिम भेटवार्ता भएको छ ।

सोमबार भएको उक्त भेटवार्तामा उपप्रधानमन्त्री अल सइदीले राजदूत पराजुलीलाई उज्वल भविष्यको कामना गर्दै आगामी दिनमा समेत नेपाल सरकारको प्रतिनिधि भएर काम गरेको हेर्ने इच्छा रहेको जाहेर गरेका थिए ।

उनले ओमानको आगामी दिनका विकासका योजनाहरूबारे चर्चा गर्दै नेपाललाई पनि त्यसमा सहभागी हुन अनुरोध गरेका छन् । उनले राजदूत पराजुलीले प्रस्ताव गरेको ऊर्जा, जलविद्युत तथा कृषि क्षेत्रमा लगानी सहकार्य गर्न इच्छूक रहेको बताए ।

पराजुलीले उप्रधानमन्त्री अल सइदी मार्फत सुल्तान हाइथम विन तारिकलाई आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा द्विपक्षीय हितका क्षेत्रमा प्राप्त उपलब्धीहरू तथा गरेका प्रयासहरूका बारेमा जानकारी गराएका थिइन् । आफ्नो कार्यकाल पूरा गरी राजदूत पराजुली आज स्वदेश फर्किदै छिन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : ४६ बजे

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ