बढ्यो चारपाङ्ग्रेको आयात « Khabarhub

बढ्यो चारपाङ्ग्रेको आयात


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– दशैँतिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जीप कार र भ्यान ) को आयात बढेको पाइएको छ ।

गतवर्ष चाडपर्वमा कोभिड– १९को सङ्क्रमण कायमै थियो । अहिले कोभिड– १९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपाङ्ग्रेको किनबेचले प्राथमिकता पाएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा कूल एक हजार ६७२ वटा सवारी साधन उक्त नाका हुँदै आयात भएको देखिन्छ ।

सो अवधिमा चारपाङ्ग्रे सवारीसाधन आयातबाट कूल रु पाँच अर्ब २२ करोड ७२ लाख ६१ हजार बराबरको राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । असोजमा पनि यस्ता सवारीसाधान भित्रिने सङ्ख्या धैरै रहेको देखिन्छ ।

यसैगरी वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटोहुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ ।

उक्त नाकाबाट पछिल्लो दुई महिनायता विद्युतीय र विद्युतीयबाहेकका चारपाङ्ग्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालयका प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए । सो कार्यालयका अनुसार साउन र भदौमा २०५ वटा सवारीसाधन नेपाल भित्रिएको देखिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : ४० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै