वडा अध्यक्षको कुटाइबाट दलित युवक गम्भीर घाइते | Khabarhub Khabarhub

वडा अध्यक्षको कुटाइबाट दलित युवक गम्भीर घाइते


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ बर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको बिषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरन्नासन हुनेगरि कुटपिट गरेका हुन् ।

वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा बोलाएर निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् । वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई मरनासन्न हुनेगरी कुटपिट गरेको स्थानीय राजु जयसवालले बताए । कुटपिटबाट युवक गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुग्दा सबैजना भागेको जयसवालले जानकारी दिए । घाइते युवकको राजविराजको गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल उपचार भईरहेको छ । सप्तरीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले पनि घटनाबारे प्रहरीलाई जानकारी आएको बताए । उनले पीडितबाट जाहेरी आइनसकेको बताउँदै जाहेरी आउन साथ घटनामा संलग्नहरूमाथि कारबाही हुने बताए ।

वडा अध्यक्ष यादवले भने आफुले कसैलाई कुटपिट नगरेको प्रतिक्रिया दिए । महिलालाई भगाएर ल्याएको विषयमा गाउँमा छलफल बस्दा समाजमाथि अश्लिल शब्द प्रयोग गर्दा छलफलमा बसेका केही व्यक्तिबीच सामान्य घम्साघम्सी मात्र भएको उनले बताए । युवक आफै लागुऔषध सेवन गरेर बेहोश भएको अध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ३ : १५ बजे

‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल

शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाल शिक्षक महासंघसँग भएको

विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल सरकारसँग माओवादीको आग्रह

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले इजरायलमा हमास समूहको नियन्त्रणमा

माओवादीले गर्‍यो गाजा क्षेत्रमा भइरहेको नरसंहारको विरोध

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले पश्चिम एशिया र मध्यपूर्व

जनार्दनले पार्टीको माइन्युटमा हस्ताक्षर गर्ने, कारबाहीबाट पछि हटे प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकारले अबदेखि पार्टी