दशैँमा रिफ्रेस बनाउन सक्छ खोटाङले « Khabarhub

दशैँमा रिफ्रेस बनाउन सक्छ खोटाङले


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दशैँ र तिहारले पारिवारिक जमघट जुटाइरहेको छ । रोजगारी तथा अध्ययनका सिलसिलामा देशभित्रैको विभिन्न स्थानमा रहेका र परदेश रहेका आफन्तबीच चाडबाडले एकै स्थानमा ल्याइदिएको छ । यस्तो अवसरलाई अविश्मरणीय बनाउने सोचमा हुनुहुन्छ भने तपाईंलाई खोटाङका पर्यटकीय स्थलहरूले पर्खिरहेका छन् ।

अहिलेको मौसम सफा हुने भएकाले आफन्तसँग रमणीय स्थलमा घुमफिर गर्ने ‘कल्चर’ को विकास भइरहेको छ । दशैँ र तिहारको समयमा घुमफिर गर्दै रमाईलो गर्न खोटाङमा पनि पर्याप्त पर्यटकीय स्थलहरू छन् । स्वच्छ हावापानी, नागबेली डाँडाकाँडा, हिमालका चुचुरा, लेकका नागी, प्राकृतिक गुफा, धार्मिक तथा साँस्कृतिक सम्पदाको दृश्यावलोकनका लागि खोटाङ अन्य जिल्लाभन्दा कम नरहेको साइकलयात्री कर्ण श्रेष्ठले बताए ।

आफन्तसँग बिताएको समयलाई सदुपयोग गर्न हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने त्रि–धार्मिक स्थल हलेसी, खोटाङको साकेला गाउँपालिका र भोजपुरको टेम्के मैयूँ गाउँपालिकाको बिचमा रहेको टेम्केडाँडा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट डाँडा, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, लौरेडाँडा, मैयूँ, चिलिमढुंगालगायतका रमणीयस्थलमा पुगेर रिफ्रेस बन्न सकिन्छ ।

यी धार्मिक तथा पर्यटकीयस्थलमा पुगेर टाढाटाढाका दृश्यावलोकनसँगै वन सम्पदा, जल सम्पदालगायत अवलोकन र अध्ययन गर्न सकिने श्रेष्ठ बताउँछन् । कतिपय अग्ला डाँडाबाट सगरमाथालगायतका हिमश्रृंखला तथा कतिपय डाँडाबाट तराईका फाँट समेत देख्न सकिन्छ ।

हलेसी तुवाचुङ नगरपालिकामै पर्ने किराँत समुदायको उद्गमस्थल तुवाचुङ जायजुम, हलेसीगढी, भुम्जुडाँडालगायतका धार्मिक तथा पर्यटकीय स्थलको घुमफिर गर्न सकिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै मझुवागढी, भुलभुले दुधकुण्ड देउधाम, महुरेगढीको घुमफिर गर्न सकिन्छ ।

बराहपोखरी गाउँपालिकाको बराहपोखरी, जन्तेढुंगा गाउँपालिकाको जन्तेढुंगा, हुम्मा पोखरी, छोंखा साकेला थान, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, सोलढुंगा, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको धिप्लुङ झरना, ऐसेलुखर्क गाउँपालिकाको बाहाने पोखरी, रावाबेँसी गाउँपालिकाको रावागढीलगायतका चर्चित स्थलमा पुगेर रम्न सकिन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मीमा स्थानीयले बताएको कांशाहोप तालमा समेत डुंगा सयर गरेर रमाइलो गर्न सकिन्छ । हलेसी तुवाचुङ नगरपालिकामै पर्ने रक गार्डेन पनि घुमफिरका लागि रोजाईको स्थलका रुपमा विकसित हुँदै छ । यसबाहेक जिल्लाका अन्य डाँडाकाँडा, भञ्ज्याङ, चौतारी, खोलानाला पुगेर पनि आफन्तसँग रमाइलो गर्न सकिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : २० बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो