इन्स्टाग्राममा सीमित यी अभिनेत्री | Khabarhub Khabarhub

इन्स्टाग्राममा सीमित यी अभिनेत्री


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– सामाजिक सञ्जाल इन्स्टाग्रामको माध्यमबाट आज बलिउडका तमाम सुन्दर अभिनेत्रीहरु चर्चामा आइरहन्छन् । यीमध्ये केही सुन्दर अभिनेत्रीहरु यस्ता पनि छन्, जसलाई बलिउडले कुनै काम दिएको छैन । अर्थात् उनीहरु केवल इन्स्टाग्राममा मात्र रमाइरहेका छन् ।

एकाध फिल्ममा अभिनय गरेपछि अभिनेत्री आयशा शर्मा मूलधारबाट टाढिइन् । यी अभिनेत्री हाल इन्स्टाग्राममा समय व्यतित गरिरहेकी छन् ।

अभिनेत्री मिनिषा लाम्बा इन्स्टाग्राममा आफ्नो बोल्ट फोटोसुटका तस्विर राखेर चर्चामा आउछिन् । मिनिषा पनि लामो समयदेखि मूलधारबाट टाढा छिन् ।

अभिनेत्री नेहा शर्माको हातमा केही ओटीटी प्रोजेक्ट छन् । तर उनको हातमा कुनै फिल्म छैनन् । उनी पनि इन्स्टाका माध्यमबाट चर्चामा आइरहन्छिन् ।

अभिनेत्री तथा मोडल पुनम पाण्डे पनि इन्स्टाग्राममै सीमित छिन् । हालका दिनमा उनलाई फिल्ममा अभिनय गराउन निर्माता डराउने गर्दछन् । किनकी उनी चर्चामा आउनका लागि जे काम पनि गर्न तयार हुन्छिन् ।

अभिनेत्री शर्लिन चोपडा अहिले बेरोजगार छिन् । तर उनी यही बेला इन्स्टाग्रामबाट भरपुर फाइदा उठाइरहेकी छन् ।

सोफिया हयातको अवस्था पनि उस्तै छ । यो समयमा उनको हातमा कुनै फिल्म छैन । उनी इन्स्टाग्रामको दुनियाँमा नै रमाइरहेकी छन् ।

एक समय थियो, जब अभिनेत्री सनी लियोनीको हातमा कैयौं फिल्म पर्थे । तर हालका दिनमा उनी रियालिटी शोमा सीमित छिन् । उनी इन्स्टाग्राममा प्रायः आफ्नो फोटोसुटका तस्वीर शेयर गरिरहन्छिन् ।

अभिनेता अजय देवगनकी साली तनीषा मुखर्जीको इन्स्टाग्राम मोह उस्तै छ । सामाजिक सञ्जालमा उनी दिनानुदिन नयाँ तस्वीर शेयर गरिरहन्छिन् ।

अभिनेत्री इशा गुप्ता सामाजिक सञ्जालमा आफ्नो बोल्ट फोटो शेयर गरिरहन्छिन् । उनको तस्वीर भाइरल हुन धेरै समय नै लाग्दैन ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ०० बजे

रामकुमारी भन्छिन् : अहिले नै कता जाने, के गर्ने निर्णय भइसकेको छैन

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा

अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सकिएको छ। सचिवालय

भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर

फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित