नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई « Khabarhub

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् ।

उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत आज बधाई दिएकी हुन् । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन् ।

बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ३ : ४५ बजे

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर