जिप दुर्घटना हुँदा गर्भवती महिलासहित १८ जना घाइते | Khabarhub Khabarhub

जिप दुर्घटना हुँदा गर्भवती महिलासहित १८ जना घाइते


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा दसैँको महानवमीको दिन बिहीबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना गम्भीर छन् भने बाँकी सामान्य घाइते भएका छन् ।

सरदमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप बिहीबार दिउँसो ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राकेश यादवका अनुसार घाइते हुनेमा बालबालिकासमेत छन् । सबै घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र अधिकांस गम्भीर घाइतेहरूलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

यता क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेक फेल भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ६ : ०० बजे

गण्डकीमा ८९ प्रतिशत रोपाइँ

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ ।

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं- उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् राजावादी

हलेसी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

खोटाङ– यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते

काठमाडौं- कक्षा १२ को ग्रेड वृद्धि परक्षा आगामी भदौ २८