रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन् : देश विकास भएको रहेनछ « Khabarhub

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन् : देश विकास भएको रहेनछ


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया पवित्रा भट्टराई पर्यटकका रुपमा रारा पुगेकी छन् । रारा ताल घुमेर फर्केका आफन्त गरेको वयानका आधारमा उनलाई रारा तालले लोभ्याएको हो ।

भट्टराईले आफन्तले रारा तालको विषयमा गरेको वयानले दुई वर्षअघि घुम्ने रहर जागेको अहिले आएर पूरा भएका बताइन् । ‘रारा ताल त फेवा तालभन्दा राम्रो रहेछ,’ उनले भनिन्, ‘जीवनको उत्तार्द्धमा स्वर्ग पुगेको महसुस भयो ।’

खोटाङबाट रारा आउनका लागि उनका छोरा विशाल भट्टराईले मिलाएका थिए । रारा आउनका लागि उनलाई खोटाङको दिक्तेतबाट ५ दिनको जिप यात्रा गर्नु परेको थियो । जिपबाट खोटाङ–काठमाडौं–नेपालगन्ज–सुर्खेत हुँदै रारा पुगेकी हुन् ।

भट्टराई गत हप्ताको शनिबार रारा पुगेर फर्किएकी हुन् । आफुले रारा पुग्दा कर्णालीको रहनसहन रीतिरिवाज र यहाँको खानपानका विषयमा जानकारी लिएको बताइन् । ‘कहाँ सुदूर पूर्वको चलन कहाँ सुदुर कर्णालीको चलन धेरै फरक रहेछ,’ उनले भनिन्, ‘जीवनको अन्तिममा आएर यहाँको चलन सिक्ने मौका पाए ।’

रारा जति सुन्दर भए पनि रारा पुग्ने सडकले आफुलाई दुःख लागेको बताइन् । ‘रारा त सुन्दर ताल हो,’ उनले भनिनु, ‘तर, त्यहाँ पुग्ने सडक हेर्दा देशमा विकास नभएको जस्तो लाग्यो ।’

कर्णाली राजमार्गमा रहेका खाल्डाखुल्डी कच्ची बाटोले आफूलाई हैरान पारेको उनले बताइन् । रारा पुग्नलाई राजमार्गको विस्तार गरिनुपर्ने उनको भनाइ थियो । न्यूज कारखाना

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ६ : ४५ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी