दशैँका दिन कुवेतमा अस्ताए माधब « Khabarhub

दशैँका दिन कुवेतमा अस्ताए माधब



दोहा- कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । नेपाली पत्रकार तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन ) कुवेतका उपाध्यक्ष समेत माधब शाहीको मृत्यु भएको छ ।

नेपालमा प्युठान घर भएका ३६ वर्षीय शाहीको बिहीबार कुवेतको जाब्रीयास्थित मुबारक अल कबिर हस्पिटलमा हृदयघातको उपचारको क्रममा असामयिक निधन भएको एनआरएनए कुवेतका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिए ।

प्रवासी परोपकारी पत्रकारितामा सक्रिय शाही एनआरएनएलगायत दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार तथा पत्रकार महासंघ कुवेत शाखाका सदस्य थिए ।

उनी लामो समयदेखि कुवेतको एक कम्पनीमा काम गर्दै आएका थिए । उनको परिवारमा श्रीमती र दुई छोरी रहेको बताईएको छ ।

कुवेतस्थित नेपाली दूतावासले पनि मृत्युको प्रारम्भिक जानकारी आइसकेको भन्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव चांडै स्वदेश पठाउने जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ८ : ०१ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।