राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण | Khabarhub Khabarhub

राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन ।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिएकी छन् ।

यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै उनले सर्वसाधरणलाई टीका लगाइनन् । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १ : ४८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा