प्रभावकारी भएन द्वन्द्वका घाइते तथा अपाङ्गताको उपचार सम्झौता « Khabarhub

प्रभावकारी भएन द्वन्द्वका घाइते तथा अपाङ्गताको उपचार सम्झौता


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दश वर्षे माओवादी सशस्त्र द्वन्दमा धेरैले ज्यान गुमाए । द्वन्द्वले कयौंको परिवार उजाड बन्यो, कतिको परिवारको मुली गुमाए । कोही बुढेसकालको सहाराविहीन भए भने कति जीवनसाथी सदाका लागि बिर्सन बाध्य भए । द्वन्दमा ज्यानै नगुमाए पनि कयौं अझै द्वन्द्वको घाउ लिएर हिडिरहेका छन् ।

उनीहरूलाई त्यो द्वन्द्वको घाउले जीवनभर पछ्याइ रहेको छ । द्वन्द्वका नाममा चोट व्यहोरेका धेरैले द्वन्द्व सकिएको १५ वर्षसम्म पनि सामान्य उपचार समेत पाएका छैनन् । यस्तै, चोट बोकेर हिडेका द्वन्दपीडितलाई राहत दिने गरी कर्णाली प्रदेश सरकारले घाइते तथा अपाङ्गता भएकाहरूलाई निःशुल्क उपचार गर्ने कार्यक्रम ल्याएको थियो । उनीहरूको उपचार गर्ने गरी प्रदेशका दुई र अन्य तीन अस्पतालसँग सम्झौता पनि गर्यो । तर उक्त कार्यक्रम प्रभावकारी हुन सकेन ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, वीर अस्पताल काठमाडौं, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत घाइते तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार गर्ने गरी सम्झौता भएको थियो । सम्बन्धित अस्पताललाई उपचारका लागि दश लाख रूपैयाँ अख्तियारी पनि दिएको थियो । तर फागुनबाट सुरू भएको यो कार्यक्रमबाट लक्षित वर्गका न्यून व्यक्तिहरूले मात्रै लाभ लिएका छन् ।

प्रदेश अस्पतालबाट २४ जनाले उपचार पाए

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत आर्थिक वर्षमा लक्षित वर्गका एकजनाले मात्र उपचार सेवा लिएको तथ्यांक छ । यस्तै, प्रदेश अस्पतालबाट २४ जनाले उपचार पाएका छन् । उपचार लिएकामध्ये अधिकांश सशस्त्र द्वन्द्वका घाइते छन् । सरकारले सम्झौता गरेका प्रदेश बाहिरका अस्पतालमा सेवा लिन जानेको संख्या झनै थोरै छ ।

यसकारण प्रभावहीन

आर्थिक वर्षको आधा अवधि सकिएपछि कार्यक्रम लागू गरिँदा सेवा लिने कम भएका हुन । आवश्यक सूचना नपाउँदा पनि लाभग्राहीहरू उपचारबाट वञ्चित भएका छन् ।

तोकिएका लक्षित वर्ग उपचार लिन नआएको सामाजिक सुरक्षा इकाइ जुम्लाका प्रमुख खगेन्द्रप्रसाद उपाध्याय बताउँछन् । सरकार आफैले अस्पतालसँग सम्झौता गरेर तोकिएका पाँच अस्पतालमा उनीहरूको उपचार निःशुल्क गर्ने भने पनि उपचार लिने न्यून देखिएको हो । चालु आर्थिक वर्ष सुरू भएको झन्डै तीन महिना हुन लाग्दा सरकारले यो वर्षका लागि अस्पतालसँग उपचार सम्झौता गरेको छैन ।

प्रदेश सरकारले ‘घाइते उपचार कार्यविधि–०७७ मा तोकिए बमोजिम विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिको रोगको प्रकृतिअनुसार उपचार सेवा दिने जनाएको थियो । कार्यविधिमा अस्पतालमा बिरामी बस्नु पर्ने भए उपचारको अवधिसम्म खाना तथा बास खर्च अस्पतालले कोषमार्फत बेहोर्ने उल्लेख छ । अस्पतालले घाइते वा अपाङ्गता भएका व्यक्तिहरूलाई उपचारका लागि आवत–जावत गर्दा लाग्ने खर्च पनि उपलब्ध गराउने सम्झौता छ । साथै, जटिल प्रकृतिको बिरामीका कुरुवाको पनि एक हजार पाँच सय रूपैयाँ यातायात खर्च बेहोर्ने उल्लेख छ । न्यूज कारखाना

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ६ : ०० बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित