दसैंमा घुम्न जाउँ है, सुर्खेत बुलबुल ताल « Khabarhub

दसैंमा घुम्न जाउँ है, सुर्खेत बुलबुल ताल


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दसैं तिहारमा लामो बिदा हुने भएकाले सबैजना केही फुर्सदिलो हुन्छन् । फुर्सदलाई सदुपयोग गर्न धेरैले घुमघामको योजना बनाउँछन् । तर कहाँ घुम्ने भन्ने अन्योल हुने गर्छ । यदि दसैं बिदाको सदुपयोग गर्ने हो भने कर्णाली प्रदेशको राजधानी सुर्खेतका गन्तव्य तपाईंका लागि उपयुक्त हुन सक्छन् ।

सुर्खेतमा पर्यटन व्यवसायीले दसैंमा घुमघामका लागि अफर समेत ल्याएका छन् । स्रिमिक एयरले दसैंका बेला सुर्खेतदेखि बडीमालिका घुम्ने अफर ल्याएको छ । डाइनामिक टुरिजम रिन्युभ्यु कमिटीले भेरी नदीमा र्याफिटङ अफर ल्याएको छ । सुर्खेतका थारु होमस्टेलगायतले विशेष प्याकेज बनाएका छन् । उनीहरू आन्तरिक पर्यटन विकासलाई जोड दिनेगरी प्याकेज ल्याएका हुन् ।

बुलबुले ताल

सुर्खेतमा बुलबुले ताल,
लाइगो माया लेउ चिनो रुमाल’

बन्धकी फिल्मको यो गीतमा भनेजस्तै सुर्खेतको बुलबुले ताल निकै रमणीय छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य भागमा रहेको बुलबुले ताल जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको हो । यो ताल समुन्द्री सतहबाट लगभग ६५७ मिटर ९२१५७ फिट०को उचाइमा अवस्थित छ ।

अहिले सुर्खेतको बुलबुले तालमा बुलबुले ताल क्षेत्रभित्र जलकुण्ड, उद्यान, शौचालय, सडक कालोपत्रे भएका छन् । दसैं तिहारमा यो ताल घुम्नका उपयुक्त समय हो । अहिले पर्यटकलाई लक्षित गरेर तालमा दुई वटा डुंगा संचालनमा छन् ।

रमणीय काँक्रेविहार

काँक्रेविहार नेपालको एक प्राचीन सभ्यतामध्येको एक स्थान हो । सुर्खेत जिल्लाको वीरेन्द्रनगरपालिका–९ लाटीकोइलीमा अवस्थित यस स्थानमा बौद्ध धर्मसम्बन्धी पुरातात्विक भवन तथा विहार रहेको छ । यो नेपालको सबैभन्दा ठूलो बौद्ध विहार हो ।

काँक्रेविहारको सुर्खेत क्षेत्र तत्कालिन खश साम्राज्य अन्तर्गत पथ्र्यो । यसको निर्माण १३ सय शताब्दीमा भएको इतिहास छ । १९९० सालको भूकम्पले भत्काएपछि अहिले यसको पुनर्निर्माण भएको छ ।

बराहताल

बराहताल गाउँपालिका–४ स्थित बराहताल दसैं तिहारमा घुम्नका लागि उपयुक्त स्थान हो । १६ बिघामा क्षेत्रफलमा फैलिएको ताल जंगलको बीच छ । जंगली जनावार र चराचुरुङ्गीको अवलोकन गर्न यो ताल निकै रोमान्चक रहेको छ ।

पाँच वर्षअघि तालमा पानी सुकेपछि पशुचौपायाको चरनस्थल बनेको थियो । अहिले ताल क्षेत्रको झारपात हटाएपछि पुनः ताल बन्न लागेको छ । तालमा पानी भरिन थालेपछि पर्यटक भित्रिने आशा पलाएको गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले बताए । ‘तालमा जम्मा भएको फोहोर, माटो र रुख बिरुवाहरू हटाएपछि पानी जम्मा हुन थालेको छ,’ उनले भने, ‘पानी भरिने आशा नै मरेको थियो, तर बर्खाको पानी जम्मा भइरहेको छ, आसपासका मुहान पनि फुटेको अनुमान छ ।’

२०७२ सालको भुकम्पपछि तालमा पानी हराउँदै गएको थियो । २०३६ सालदेखि रमणीय र पर्यटकीय गन्तव्यको रुपमा विकास भएको तालमा ४० को दशकयता पर्यटकीय गतिविधि बढेको हो ।

भेरी र कर्णालीमा र्‍याफ्टिंग

सुर्खेतको पन्चपुरी नगरपालिकाको जामुबाट कुईने पुलसम्म भेरी नदीबाट भेरी–कर्णाली दोभान हुँदै कर्णाली नदीको कुईने पुलसम्म र्‍याफ्टिंग सेवा नियमित सुरु भएको छ । दसैं तिहारमा सस्तो मुल्यमा नै यो नदीमा र्‍याफ्टिंग को आनन्द लिन पाइन्छ ।

डाइनामिक टुरिज्म रिन्युभ्यु कमिटीका सन्चालक देवराज जैसीले जामु– कुईने र बिजौरा–कुईने खण्डमा र्‍याफ्टिंग तथा फिसिङ गर्न सकिने बताए । ‘हामीले बिषेश गरेर यहाँको पर्यटन क्षेत्रलाई अगाडी बढाउन र्‍याफ्टिंग सहित फिसिङको आनन्द लिन पाउने व्यवस्था गरेका छौं,’ उनले भने ।

हेलिकोप्टरमार्फत बडीमालिका घुम्ने अफर

सिम्रिक एयर प्रालिले सुर्खेत–बडीमालिका दर्शनका लागि हेलिकोप्टर सेवा सुरु गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै प्रालिले घटस्थापनादेखि सुर्खेत बडीमालिका दर्शनका लागि हेलिकोप्टर सेवा सुरु गरेको हो ।

सुर्खेत–बडीमालिका दर्शन उडान सुरु गरेको प्रालिका बजार विभाग प्रमुख योगेश सापकोटाले बताए । ‘सुर्खेत विमानस्थलबाट बढीमालिका पुग्न करिब ४५ मिनेट लाग्छ,’ उनले भने, ‘पाँचजना चढ्न मिल्ने हेलिकोप्टरको दुईतर्फी (आवतजावत) प्रति उडान दुई लाख ५० हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ ।’

पश्चिमको नगरकोट : गोठीकाँडा

हरेक शनिबार सुर्खेतबासीको रोजाईमा पर्ने गरेको वीरेन्द्रनगर–१२ को गोठीकाँडा पनि दसैं तिहारको बेला घुमेर आनन्द लिन सकिन्छ । वीरेन्द्रनगर बजारबाट १० किलोमिटर टाढा रहेको गोठीकाँडाबाट सुर्खेत उपत्यका दृश्य अवलोकन गर्न सजिलो हुने भएकाले सुर्खेतबासीको रोजाईमा गोठीकाँडा पर्ने गरेको छ ।

डाँडामा रहेको गोठीकाँडाबाट फराकिलो उपत्यका, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकका लागि यो स्थल आर्कषणको केन्द्र बनेको गोठीकाँडाका होटेल व्यवसायी धनलाल देवकोटाले बताए । ‘शान्त वातावरण, चिसो हावा, स्थानीयस्तरमा उत्पादन हुने दुध, दही र लोकल कुखुरा खान बस्नका उपयुक्त ठाउँ हो,’ उनले भने, ‘पश्चिमको नगरकोटका रुपमा चिन्न थालिएको र गोठीकाँडामा सुर्खेतकै सबैभन्दा बढी पर्यटक आउने स्थान हो ।’

करिब दुई सय वर्ष अगाडी गोठीकाँडा नजिकैको बयलकाँडामा बहादुर शाहको पालामा गढी निर्माण गरिए र त्यो अहिले पनि भग्नावेश भेटिने वडा अध्यक्ष टोपबहादुर दर्लामीले बताए । ‘बहादुर शाहको पालामा निर्माण भएको ऐतिहासिक गढी रहेको छ ।’ उनले भने, ‘त्यो गढीको संरक्षणमा अहिले हामी लागि रहेका छौं ।’ न्यूज कारखाना

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : ०० बजे

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर