पर्वतको कुटुवाचौरी खानेपानी आयोजनामा आर्थिक अनियमितता « Khabarhub

पर्वतको कुटुवाचौरी खानेपानी आयोजनामा आर्थिक अनियमितता


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पर्वतको कुटुवाचौपारी खानेपानी आयोजनामा ५ लाख २० हजार ९ सय ८१ रुपैयाँ बराबरको भ्रष्टाचार भएको खुलेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतका तत्कालीन इन्जिनियर प्रेम बहादुर थापा समेत ५ जनाको मिलेमतोमा खानेपानी आयोजनामा अनियमितता भएको खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट आयोजनाको वास्तविक कामभन्दा बढी काम भएको देखाएर बढी भुक्तानी लिइ भ्रष्टाचार गरिएको देखिएको छ ।

कटुवाचौरी गुणस्तरीय खानेपानी तथा सरसफाइ योजनाको प्रशोधनशाला अन्तर्गत ‘स्लो स्याण्ड फिल्टर’ समेतको निर्माण कार्य ३१ असार २०७० मा सम्पन्न भएको भनेर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो ।

तर, उक्त कार्य मापदण्डअनुसार नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीमाथि छानबिन गर्ने क्रममा निर्माण कार्यमा बास्तविक काम भएको भन्दा बढीको झुटो बिल भर्पाइ बनाएर भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार उक्त आयोजनाको निर्माणसम्बन्धी झुटा बिल भर्पाइ बनाएर खानेपानी तथा सरसफाइ कार्यालयका तत्कालीन प्रमुख ईन्जिनियर प्रेम बहादुर थापा तथा सिनियर डिभिजनल ईन्जिनियर अमोध धितालसहित उपभोक्ता समितिका पदाधिकारी समेतको मिलेमतोमा ५ लाख २० हजार ९ सय ८१ रुपैयाँ बराबरको भ्रष्टाचार भएको हो ।

अख्तियारले खानेपानी तथा सरसफाइ कार्यालयका तत्कालीन प्रमुख ईन्जिनियर प्रेम बहादुर थापा तथा सिनियर डिभिजनल ईन्जिनियर अमोध धितालविरुद्ध मा ५ लाख २० हजार ९ सय ८१ रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष नारायण शर्मा लामिछाने, सचिव सुरेश बहादुर पीसी र कोषाध्यक्ष दिवाकर शर्मा लामिछानेविरुद्ध पनि मा ५ लाख २० हजार ९ सय ८१ रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ५ : ५७ बजे

ललितपुर महानगरमा जथाभावी पार्किङ, फोहोर फ्याँक्ने र बिरुवा भाँच्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन मिल्ने ‘ई-चलान’ सुरू

काठमाडौं– ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी

संसद्‍मा रोकिएन हर्कको विरोध (तस्बिरहरू)

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

एजेन्सी– विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय

अझै बनेन संसद् हल, सभामुखले जंगिँदै भने- दैनिक एक करोड जरिवाना तिराउँछौँ

काठमाडौं- सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद्

अमेरिकी सांसद नै भन्छन् : युद्धले केही दिएन, इरानसँग आत्मसर्पण गरेजस्तो भयो

वाशिङ्टन- इरानसँगको सम्झौतालाई लिएर अमेरिकामै विवाद र विरोध भएको छ।