आज २०७८ असोज ३१ गते आइतबारको राशिफल « Khabarhub

आज २०७८ असोज ३१ गते आइतबारको राशिफल


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ असोज ३१ गते आइतबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चुचेचोलालिलुलेलोअ)

नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ । अभिभावकले स-साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु होला । खानपानमा ध्यान नदिँदा स्वास्थ्य खराब हुन सक्छ । अपराह्नपछिको समय तुलनात्मकरुपमा राम्रो देखिन्छ ।

वृष (इवाविवुवेवो)

आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्तसंग भेट घाट पनि हुनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

मिथुन (काकिकुकेकोहा)

यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा सफलता मिल्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कन्या (टोपापिपुपेपो)

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

तुला (रारिरुरेरोतातितुते)

आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । कसैसँग कारोबार गर्दा अनावश्यक झन्झटको सामना गर्नूपर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । यात्राको योग पनि छ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मीन (दिदुदेदोचाचि)

आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग मिल्नेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ५ : ३३ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा