साफ च्याम्पियनसिप : दोस्रो हाफ जारी (लाइभ) « Khabarhub

साफ च्याम्पियनसिप : दोस्रो हाफ जारी (लाइभ)


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दोस्रो हाफ केही समय पहिला सुरु भएको छ ।

खेलको पहिलो हाफमा भारतले आक्रामक खेल खेलेको छ। नेपालको पोस्टमा भारतले गरेको एक प्रहारलाई नेपालका किपर किरण चेम्जोंगले उत्कृष्ट बचाउ गरेका छन् । दुबैतर्फबाट गोलको प्रयास भए पनि बल गोल पोस्टमा छिराउन सकेनन् ।

नेपालका किपर किरणको मसलमा समस्या आएपछि केही समय खेल रोकिएको थियो । खेलमा वर्षा भइरहेकको छ ।

भारतका एक खेलाडीले पहेँलो कार्ड पाएका छन् ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

माल्दिभ्समा जारी प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंका सहभागी थिए । लिग चरणमा नेपालले दुई जित, एक बराबरी र एक हार बेहोरेको थियो । नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको यिथो भने भारतसँग पराजित भएको थियो ।

बंगलादेशसँगको खेल १–१ गोलको बराबरी खेलेपछि नेपाल फाइनलमा पुगेको हो । १९९३ मा पाकिस्तानमा भएको च्याम्पियनसिपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । २८ वर्षपछि नेपाल फाइनलमा पुग्न सफल भएको हो । नेपालले आज भारतलाई पराजित गरेमा यो नेपाली फुटबलको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ५३ बजे

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी