हुथी विद्रोहीबाट साउदी विमानस्थलमा ड्रोन आक्रमण « Khabarhub

हुथी विद्रोहीबाट साउदी विमानस्थलमा ड्रोन आक्रमण


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यमन– यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक विमानस्थलमा ड्रोन आक्रमण गरेका छन् ।

विद्रोहीले विमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के२ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको दाबी गरेको छ ।

बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित गरी आक्रमण गरिएको साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले बताएका छन् । साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरु ध्वस्त बनाएको दाबी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो ।

हुथी विद्रोहीहरुले यमनमा युद्ध भडकिएदेखि नै साउदी अरेबियाका विभिन्न शहरहरुलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । आइतबार, इरान समर्थित हुथी विद्रोहीहरुले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका ३०० वटा महत्वपूर्ण सैनिक ठेगानाहरुमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ६ : ०७ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा