टी-२० विश्वकप : पहिलो दिन ओमान र पपुवा न्युगिनी तथा बंगलादेश र स्कटल्याण्ड भिड्ने | Khabarhub Khabarhub

टी-२० विश्वकप : पहिलो दिन ओमान र पपुवा न्युगिनी तथा बंगलादेश र स्कटल्याण्ड भिड्ने


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सातौं आइसिसी टी-२० विश्वकप आजदेखि सुरू हुँदैछ। युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।

ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच दिउँसो ३ : ४५ बजे प्रतिस्पर्धा हुनेछ । ओमान क्वालिफाइङ राउन्डमा स्थान बनाउने अन्तिम टिम हो। उसले हङकङलाई पराजित गर्दै टी-२० विश्वकपमा स्थान बनाएको हो। अर्कोतर्फ पपुवा न्युगिनिको टिमले पनि राम्रो तयारी गरिरहेको छ। यो टिम सेप्टेम्बर मा ओमान पुगेको थियो।

दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच बेलुकी ७ : ४५ बजे प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’बाट यी दुवै टिम मुख्य प्रतियोगितामा पुग्ने आँकलन गरिएको छ। यी दुईबीच हुने खेल रोमाञ्चक हुनेछ। खेलमा जित निकाल्ने टिमलाई अघिल्लो चरणको यात्रा सुखद् हुने छ।

बंगलादेशले केही समयअघि टी-२० क्रिकेटमा सानदार प्रदर्शन गरेको थियो। उसले आफ्नो घरेलु मैदानमा भएको पाँच खेलको टी-२० सिरिजमा अस्ट्रेलियालाई ४-१ तथा न्युजिल्यान्डलाई ३-२ ले पराजित गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको थियो।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यीमध्ये चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’को उपविजेता यस समूहमा रहने छन् ।

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहने छन् ।

समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ । प्रतियोगिताको फाइनल युएईको दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १२ : २० बजे

सन्दर्भ पत्रकारिता दिवस : पहिलो हुने होडमा भूल गर्ने, सुधार कहिल्यै नगर्ने रोग

नेपालमा गोरखापत्र प्रकाशन भएको दिन अर्थात् वैशाख २४ गते। यहि

भारतका धेरै एयरपोर्टमा उडान रोकिए, पञ्जाबका विद्यालय बन्द, पाकिस्तानको ‘एयर स्पेस’ ठप्प

नयाँदिल्ली- पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्त

कार्नी-ट्रम्प भेटवार्ता : क्यानडा बेचिनका लागि नभएको जवाफ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच

प्रधानमन्त्रीबाट राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण

माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउको र निधारमा चोट

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते