टोटेनहमको पुनरागमन जित « Khabarhub

टोटेनहमको पुनरागमन जित


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पुनरागमन जित निकालेको छ ।

न्युकासलको मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले न्युकासल युनाईटेडलाई ३-२ गोलले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमा कलुम विल्सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकामा १७औँ मिनेटमा तान्गुय एन डोम्बोलेले गोल गर्दै टोटेनहमलाई १-१ को बराबरीमा ल्याए ।

त्यसको ४ मिनेटपछि २२औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई २-१ को अवस्थामा पुर्‍याए । पहिलो हाफको इन्ज्युरी समयमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहम ३-१ मा अघि बढाए ।

८९औं मिनेटमा एरिक डायरले आत्मघाती गोल गरेपछि न्युकासल खेलमा फर्कने प्रयत्न गर्‍यो । तथापि निर्धारित समयमा थप गोल नभएपछि टोटेनहम ३-२ ले विजयी भयो ।

जितसँगै टोटेनहम ८ खेलमा १५ अंकसहित पाँचौं स्थानमा रहेको छ । न्युकासल ३ अंकसहित १९औँ स्थानमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : ४० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन