‘स्क्विड गेम’ले एक महिनामै कमायो ९ सय मिलियन डलर « Khabarhub

‘स्क्विड गेम’ले एक महिनामै कमायो ९ सय मिलियन डलर


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल(एबीपी लाइभ)– नेटफ्लिक्सको सिरिज ‘स्क्विड गेम’ले कमाईको सबै रेकर्ड तोडेको छ । सिरिजले ओटीटी प्लेटफर्मममा सर्वाधिक हेरिने सिरिजको मात्र रेकर्ड बनाएको छैन, यसले पछिल्लाे एक महिनामा जबरदस्त कमाईको रेकर्ड पनि राखेको छ ।

ब्लूमबर्गको इन्टरनल रिपोर्ट अनुसार सिरिजले एक महिनामा ९ सय मिलियन डलरको कमाई गरेको छ । जबकी यसको निर्माणमा २१ दशमलब ४ मिलियन डलरमात्र खर्च भएको थियो । यो लगानी अन्य ठूला सिरिजको तुलनामा निकै कम हो ।

साउथ कोरियन सिरिज ‘स्क्विड गेम’लाई विश्वभरबाट नै राम्रो प्रतिक्रिया आइरहेको छ । यसलाई ह्वांग डोंग–ह्युकले निर्देशन गरेका हुन् । यो शो नेटफ्लिक्समा हालसम्म सबैभन्दा बढी हेरिएको शो बनेको छ । एक महिनामा यो शोलाई १ सय ३२ मिलियन दर्शकले कमसेकम २ मिनेटसम्म हेरेका छन ।

यो वेब सिरिज सेप्टेम्बर १०, २०२१ मा सार्वजनिक भएको थियो । यसअघि ‘ब्रिजर्टन’ले शोमा रेकर्ड राखेको थियो । जुन रिलिजको २८ दिनमै करिब ८२ मिलियन दर्शकले हेरेका थिए ।

‘स्क्विड गेम’को नौ एपिसोड छ । यो सिरिजको कथा ऋणमा डुबेको पात्रमा आधारित छ । यो सिरिजमा ४ सय ५६ मानिसलाई देखाइएको छ । जो ऋणको जालमा नराम्ररी फँसेका हुन्छन् ।

यी व्यक्तिलाई पैसाको लोभ देखाएर एक खेलमा सहभागी हुन प्रस्ताव गरिन्छ । त्यसपछि उनीहरु कोरियाई गेममा सहभागी हुन्छन् । यो खेल कोरियन बच्चाहरुको खेलमा आधारित हुन्छ ।

यो खेलमा एकपछि अर्को गर्दै सबै मानिस मारिदै जान्छन् । अन्त्यमा बाँच्ने मानिस यसको विजेता बन्छन् । जसलाई पुरस्कारको रुपमा ३८ दशमलब ७ मिलियन डलर पुरस्कारस्वरुप दिइन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : ५५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान