रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन « Khabarhub

रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलब १७ प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले ९४ करोड १७ लाख ५१ हजार राजस्व संकलन गरेको छ । जुन मासिक राखिएको लक्ष्यको तुलनामा ३५ करोड ७५ हजार बढी हो ।

रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । साउन, भदौ र असोज गरि तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलब ३७ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्ष बढी भएको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन ।

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरू जाने भएपनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

१५ माघ २०७६ देखि गएको २२ जेठसम्म नाका बन्द भयो । त्यसपश्चात चिनले रसुवागढी नाका एकतर्फी संचालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ७ देखि ९ चिनियाँ गाडीमै नेपाल सामान आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्नका लागि स्वास्थ्य मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ३ : १५ बजे

देशलाई उज्यालो भविष्यतिर लैजाने घिसिङको प्रतिबद्धता

पाँचथर– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा दिगो विकास,

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

बागलुङ– ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय

कञ्चनपुरको स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण

कञ्चनपुर– जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी