रानीमहल घुम्न गएका पर्यटक अलपत्र | Khabarhub Khabarhub

रानीमहल घुम्न गएका पर्यटक अलपत्र


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् ।

निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडक खण्ड २४ घण्टादेखि अवरुद्ध छ । स्थानीय वसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा पहिरो गएको छ । गाईघाट, बैकुण्ठे भीर,हात्ति ढुङ्गालगायतका ठाउँमा पहिरो गएको हो ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले डोजर पठाएर पहिरो हटाउने तयारी भएको बताए । एक दुई घण्टाभित्र पहिरो हटाउन सकिने उनले बताए ।

प्रेमको प्रतीक रानीमहल घुम्न दशैँलगत्तै पाल्पा सहित छिमेकी जिल्लाहरु गुल्मी, स्याङ्जा, पर्वत, बागलुङ, काठमाडौँ, पोखरा, बुटवल, कपिलवस्तुबाट पर्यटक जान्छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : ३५ बजे

सत्ता गठबन्धनमा कुनै खटपट छैन् : देउवा

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता

लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

एजेन्सी– लेबनानमा भएको इजरायली हमलामा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको

दाङमा तोरीको उत्पादन बढ्दै

घोराही – शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा

बेडरूममा गरिने यी गल्तीले कतै घरमा नकारात्मकता त भित्र्याउँदै छैन ?

काठमाडौं– वास्तु शास्त्रमा घरको भान्सा, पूजा घर, बेडरूम आदिको विशेष

काठमाडौं महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानापत्र

काठमाडौं – काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई को जरिवाना पत्र इमेल