रानी जमरा–कुलरिया नहर फुट्यो, जानकी गाउँपालिका जोखिममा « Khabarhub

रानी जमरा–कुलरिया नहर फुट्यो, जानकी गाउँपालिका जोखिममा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेको छ । नहर फुटेपछि ५०–६० घर डुबान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।

उनका अनुसार अहिले जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा नहरमा निर्माण गरिएका थ्रेटर बन्द गर्ने काम भइरहेको छ । तर कर्णालीमा पानीको अत्याधिक बहावले थ्रेटर पुर्न समस्या भइरहेको ।

सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी टिकापुरस्थित नदी नियन्त्रण गर्न निर्माण गरिएको ड्याम भत्किएपछि कर्णाली नदी गाउँ पसेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले तटबन्ध बगाएको छ । तटबन्ध बगेपछि कर्णाली नदी गाउँ पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता विष्टले बताए ।

मंगलबार साढे १ बजेतिर तटबन्ध बगेको हो । कर्णालीले तट्बन्धन बगाउँदा टीकापुरका वडा नम्वर ५, ६, ७, ८ र ९ मा प्रभाव परेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ४ : २० बजे

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा