वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति « Khabarhub

वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दुई दिनदेखि वर्षासँगै चलेको हावाहुरीले खोटाङमा बालीनालीमा क्षति पुर्‍याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो, जुनेलोलगायतका बालीनालीमा क्षति पुर्‍याएको हो ।

भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाका दुई नगरपालिका र आठवटै गाउँपालिकाका किसानले लगाएको बालीनालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको हो ।

हावाहुरीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । १० नंग्रा खियाएर लगाएको बालीनाली सखाप हुँदा किसानको बेहाल बनाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका वडा अध्यक्ष ललित राईले बताए ।

हाल हावाहुरीले निमिट्यान्न बनाएर ढालेको धानको तस्बीर सामाजिक संजालमा छाइरहेको छ । दिक्तेलका स्थानीय नवराज राईले हावाहुरीले लडाएको धानबालीको फोटो फेसबुकमा राखेर ‘धान स्वाहा भयो’ लेखेका छन् । दिक्तेलकै शिक्षक ज्ञानप्रसाद आचार्यले ‘वर्षभरिको कमाइ एकै छाक’ भन्दै हावाहुरीले ढालेको धानबालीको फोटो सामाजिक संजालमा राखेका छन् ।

खोटाङमा जिल्लाभरि १२ हजार ८९८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । यहाँ आर्थिक वर्ष २०७७–०७८ मा २९ हजार ३४२ मेट्रिक टन र आर्थिक वर्ष २०७६–०७७ मा १८ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ५० बजे

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा