हुलाकी सडक बन्द, स्थानीय युवाद्वारा प्रदर्शन « Khabarhub

हुलाकी सडक बन्द, स्थानीय युवाद्वारा प्रदर्शन


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुरदेखि धनुषाको सघारासम्म जाने हुलाकी सडकखण्ड सुधारको माग राख्दै स्थानीय युवाले  प्रदर्शन गरेका छन् ।

सडक धुलाम्य भएको हुँदा आवत–जावतमा सास्ती भएको भन्दै स्थानीयले चक्काजाम गरी सडक बन्द गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोइलमा स्थानीय युवाहरुले हुलाकी सडक बन्द गर्दै स्थानीय सरकार , प्रदेश सरकार , केन्द्र सरकार र ठेकेदारविरुद्ध चर्को नारावाजी गरेका छन् ।

सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दा पनि सडकको अवस्था सुधार नभएपछि अहिले उक्त सडकखण्डमा चारचक्के गाडी बाहेक मोटरसाईकल, पैदल वा साईकल यात्रीलाई आवत-जावतमा कठिनाई भएको स्थानीयको गुनासो छ।

सडकमा धुलो नै धुलो भएको र सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर पारेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षणका लागि चक्काजाम गर्न बाध्य भएको युवाहरुको आक्रोश छ । उनीहरु बीच बाटोमै बसेर नाराबाजी गरिरहेका छन् ।

सोमबार मात्र धनुषाको देउरी परवाहामा समेत धुलाम्य भएको भन्दै स्थानीयले सडकमा मुडा, टेबल, कुर्ची राखेर बाटो जाम गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : ३४ बजे

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

वाशिङ्टन डीसी- अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू

दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि