पोलियो दिवसको अवसरमा साइकल र्‍याली हुने « Khabarhub

पोलियो दिवसको अवसरमा साइकल र्‍याली हुने


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले यही ६ र ७ गते र्‍याली आयोजना गरिने भएको छ ।

रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल र्‍यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य सङ्घ परिसरबाट सौराहासम्म हुने जनाइएको छ।

कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार पहिलो दिन साइकल र्‍याली हुनेछ । यसैगरी दोस्रो दिन पूर्वी चितवनको पर्साबाट मोटर र्‍याली हुने भएको छ ।

उक्त र्‍यालीले भरतपुरको परिक्रममा गरी नारायणगढको शहीदचोकमा परेवा उडाउने छ । र्‍याली गैँडाकोटसम्म पुगेर पुनः फर्किएर नारायणगढको सो सङ्घका सभाहलमा आएर कार्यक्रममा परिणत हुनेछ ।

सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि विविध कार्यक्रम आयोजना गरी सचेतना जगाउने गरिन्छ ।

हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० देखि पोलियो रोगी नभेटिएका बताइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : २१ बजे

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र