कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिनुपर्छ– प्रचण्ड « Khabarhub

कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिनुपर्छ– प्रचण्ड


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी र पहिरोबाट सबै भन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत तथा क्षतिपुर्ति दिलाउन सरकारसँग माग गरेका छन् ।

धानवाली भित्र्याउने समयमा परेको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीमा ठूलो क्षति पुगेकाले सरकारले राहतको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले बाढीपहिरोमा फँसेकाहरुको उद्दार तथा घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचार गर्न सरकारसँग माग समेत गरेका छन् ।

बाढी पहिरोमा परी बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था सरकारले मिलाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले बाढी, पहिरो र डुबानमा परी प्रदेश नं. १, सुदुरपश्चिम प्रदेश लगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् ।

उनले विपद्मा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्ताहलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ४७ बजे

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१

प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्षले गरे नेपाललाई साढे तीन खर्ब सहयोग गर्ने घोषणा

काठमाडौं– एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कन्दाले प्रधानमन्त्री