कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिनुपर्छ– प्रचण्ड | Khabarhub Khabarhub

कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिनुपर्छ– प्रचण्ड


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी र पहिरोबाट सबै भन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत तथा क्षतिपुर्ति दिलाउन सरकारसँग माग गरेका छन् ।

धानवाली भित्र्याउने समयमा परेको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीमा ठूलो क्षति पुगेकाले सरकारले राहतको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले बाढीपहिरोमा फँसेकाहरुको उद्दार तथा घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचार गर्न सरकारसँग माग समेत गरेका छन् ।

बाढी पहिरोमा परी बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था सरकारले मिलाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले बाढी, पहिरो र डुबानमा परी प्रदेश नं. १, सुदुरपश्चिम प्रदेश लगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् ।

उनले विपद्मा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्ताहलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ४७ बजे

कानूनसहित विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई