‘कृषि सूचना प्रणाली व्यवस्थित नहुँदा बढी क्षति भयो’ « Khabarhub

‘कृषि सूचना प्रणाली व्यवस्थित नहुँदा बढी क्षति भयो’


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन दिनयताको वर्षाले देशभर जनधनमा ठूलो क्षति भएको छ ।

यसपालीको असर बढी हुनुमा कृषि सुचना प्रणाली व्यवस्थित नहुनु मुख्य कारण रहेको एशोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट (अनाज) ले जनाएको छ ।

हरेक वर्ष कुनै न कुनै रुपमा प्राकृतिक प्रकोपको मारमा नेपाली किसानहरु पर्दै आएकोमा वर्षा सकिएपछि एक्कासी आएको पोष्ट मनसुन (मनसुन उत्तराद्र्ध) ले तराई क्षेत्रमा धानबालीमा क्षति पुग्दा आर्थिक वृद्धिदरमा प्रभावित पार्ने देखिएको छ भने खाद्य सुरक्षामासमेत गम्भीर असर पर्ने भएको छ ।

विशेषगरी दशैँसमेत राम्रोसँग नमनाएर खेतको धान भित्र्याउदै गरेका सुदूरपश्चिमको तराई क्षेत्रमा काटिएको धान नै डुवानमा परेको छ भन्ने सबैतिर कुनै न कुनै रुपले अन्न बाली उत्पादनमा असर गरेको छ ।

अनाजले बुधवार जारी गरेको प्रेस विज्ञप्तीअनुसार मौसम पूर्वानुमानको तथ्यांक कृषकले बुझ्ने भाषामा, समयमै पुर्‍याउने व्यवस्था प्रभावकारी नहुँदा क्षति बढी भएको कुरा मनन गरेर सरकारले भविष्यमा प्राकृतिाक प्रकोपको असर न्युनिकरण गर्न आवश्यक कदम चाल्नुपर्नेछ ।

‘तीन तहका सरकारबीच आवश्यक समन्वय हुन नसक्दा कुन क्षेत्रमा कति असर परेको छ भनेर यकिन भन्न सकिने अवस्था अझै छैन । तीनै तहका सरकारको सहज समन्वय हुने संयन्त्र बनाई कृषि क्षेत्रको विकासमा गम्भीर बन्नु सरकारको दायित्व हो’ जारी विज्ञप्तिमा भनिएको छ ।

क्षतिको यकिन विवरण तयार गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुले आआफ्नो तरिकाले काम सुरु गरिसकेको अवस्था छ । तर तीनै तहका सरकारबीचको समन्वयबाट मात्र वास्तविक तथ्यांक तयार हुने भएकाले आवश्यक समन्वय गर्दै किसानलाई यथासक्य राहत र क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न जोडदार माग गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ०३ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका