वाग्मती प्रदेशसभाको बैठक सार्न माग « Khabarhub

वाग्मती प्रदेशसभाको बैठक सार्न माग


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलले वाग्मती प्रदेशसभाको बिहिबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ ।

एमालेले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर पत्र पठाएको प्रदेशसभाको सचिवालयले जनाएको छ ।

सो पार्टी संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा त्यसअघिका जिल्ला, प्रदेशस्तरका अधिवेशन एवं कात्तिक ६ गते हुन गइरहेको वडास्तरीय अधिवेशन तथा कात्तिक ९ गते हुन गइरहेको स्थानीय तहको अधिवेशनका लागि केही दिनअघि देखि नै पार्टीका आम कार्यकर्ता तथा जनप्रतिनिधिहरु होमिनु परेका कारण ४ गतेका लागि आह्वान बैठकमा प्रदेशसभा सदस्यहरु सहभागी हुन नसक्ने भएकाले बैठकको मिति सार्न अनुरोध गरिएको जानकारी दिए ।

“सभामुखज्यूले यही कात्तिक ४ गते दिउँसोका लागि बोलाउनु भएको प्रदेशसभाको बैठकमा पार्टीको अधिवेशनमा सहभागी हुनुपर्ने भएकाले हाम्रो पार्टीका प्रदेशसभा सदस्यहरुको सहभागिता हुन नसक्ने भएकाले उक्त बैठकको समयलाई हेरफेर गरी आगामी कात्तिक ११ गतेका लागि सारिदिनुहुन विनम्र अनुरोध गर्दछु,” मुख्य सचेतक निरौलाले प्रदेशसभा सचिवालयलाई बुझाउनु भएको पत्रमा उल्लेख छ ।

प्रदेशसभाको सचिवालयलाई पत्र प्राप्त भएको र सभामुखसँग छलफल हुन बाँकी रहेकाले बैठक स्थगित हुने वा नहुने विषयमा तत्काल भन्न नसकिने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ३० बजे

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर