बाढी पहिरोमा परी इलाममा १३ जनाको मृत्यु, २ वेपत्ता « Khabarhub

बाढी पहिरोमा परी इलाममा १३ जनाको मृत्यु, २ वेपत्ता


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन दिनदेखि लगातार परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

देउमाई नगरपालिका, फाकथोकथुम गाउँपालिका, सुर्यदय नगरपालिका र माङ्सेबुङ गाउँपालिककाका १३ जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बाढीमा परी मृत्यु हुनेमा फाकथोकथुम गापा–१ बस्ने ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर–३ बस्ने ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवाल, सुर्योदय नपा–३ मेलबोटे बस्ने ४९ वर्षीय नारायाणदेवी मोते, वडा नम्बर–३ बस्ने ३८ वर्षीय विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको मृत्यु भएको छ ।

त्यस्तै माङ्सेबुङ गाउँपालिका–६ बस्ने २५ वर्षीया कविता राई र हरिप्रसाद राईको मृत्यु भएको छ । माई नगरपालिका–३ घर भएका तेजमान राईको रुखको हाँगाले लागेर मृत्यु भएको जनाइएको छ । देउमाई नगरपालिका–२ मा खोलाले बगाउँदा वर्ष ४५ की सरिता आचार्यको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ३८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण