११ लाख लिएर ४६ दिनमा आफन्तले बुझे सीता भण्डारीको शव « Khabarhub

११ लाख लिएर ४६ दिनमा आफन्तले बुझे सीता भण्डारीको शव


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेका छन् । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति भएपछि शव उठेको हो ।

आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

उनीहरुलाई कारागार चलान गरेको करिब दुई साता बित्दा पनि माइती पक्षले आर्थिक लेनदेनको विषयमा कुरा नमिल्दा शव उठाउन मानेका थिएनन् । तर दुई पक्षबीच भएको छलफलमा ११ लाख माइती पक्षलाई दिने गरी सहमति भएपछि शव उठाएर तिनाउको मगरघाटमा दाहसंस्कार गरिएको छ ।

स्रोतका अनुसार सीताका माइती पक्षले घरतर्फ अर्थात् पौडेल परिवारबाट ११ लाख रुपैयाँको चेक बुझेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ स्थित गंगोलियामा एकजना मध्यस्थकर्ताको घरमा मंगलबार लिखित सहमति भएको थियो ।

तिलोत्तमाको कफी कम्पनी नजिकै गत १९ भदौमा २७ वर्षीया सीता भण्डारीको शंकास्पद मृत्यु भएको थियो । सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले देखाएको थियो । तर माइती पक्षले हत्या नै भएको दावी गर्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले भने आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएपछि जिल्ला अदालतले श्रीमान् टीका पौडेल, आमाजू विष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेललाई दुरुत्साहनमा निर्दोष देखिएको भन्न नसकिने भन्दै पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

मंगलबार दुई पक्षबीच भएको सहमतिमा माइती पक्षले पौडेल परिवारबाट ११ लाख बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा हस्तक्षेप नहुने गरी कुनै आन्दोलन नगर्ने सहमति भएको छ । न्यूज कारखाना

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ४ : २० बजे

आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका