टी-ट्वान्टी विश्वकप : नामिबियाले नेदरल्यान्ड्सलाई हरायो « Khabarhub

टी-ट्वान्टी विश्वकप : नामिबियाले नेदरल्यान्ड्सलाई हरायो


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई हराएको छ ।

आबुधाबीमा बुधबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो । योसँगै नामिबियाले पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले दिएको १ सय ६५ रनको लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नामिबियाको जितमा डेविड विजले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान गेर्हार्ड इरास्मसले ३२ रन जोड्दा स्टेफेन बार्डले १९ रन बनाए ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन, कोलिन,टिम भान डेर र पिटर सिलारले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेद्ल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । नेदरल्यान्ड्सका म्याक्स ओ’डोडले ७० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको जित सम्भव भएन । नामिबियाका जान फ्राईलिंकले २ विकेट लिए ।

जितसँगै नामिबियाको सुपर-१२ मा पुग्ने सम्भावना कायमै छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : ०१ बजे

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र

आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफका लागि ’शिशु होप फन्ड’

काठमाडौं – शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफले लायन्स क्लब अफ

यूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी

तेहरान-इरानको फार्स प्रान्तको राजधानी शिराजस्थित आवासीय क्षेत्रमा अमेरिका र इजरायलले

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८०