श्रीलंका टी-ट्वान्टी विश्वकपको सुपर-१२ मा « Khabarhub

श्रीलंका टी-ट्वान्टी विश्वकपको सुपर-१२ मा


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंका आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर-१२ मा प्रवेश गरेको छ ।

आबुधाबीमा बुधबार राति आयरल्याण्डलाई ७० रनले हराएको श्रीलंका लगातार दोस्रो जितसहित सुपर-१२ मा पुगेको हो ।

श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटिएपछि श्रीलंकाले सुपर-१२ मा स्थान सुरक्षित गरेको हो ।

आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन र कर्टिस क्याम्फरले २४ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

आयरल्याण्डलाई सस्तैम समेट्न श्रीलंकाका महेश थिकसानाले ३ विकेट लिँदा लाहिरु कुमारा र चामिका करुनारत्नेले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अर्धशतकीय इनिङ्स खेलेका पाथुम निशान्काले ६१ रन बनाए । कप्तान डसुन शनकाले अविजित २१ रन बनाए ।

आयरल्याण्डका जोस लिट्टलले ४ विकेट लिए । मार्क एडीयरले २ तथा पाउल स्ट्रर्लिङले १ विकेट लिए ।

जितसँगै सुपर १२ स्थान पक्का गरेको श्रीलंका २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा छ ।  आयरल्याण्ड २ खेलमा २ अंकसहित दोस्रो स्थानमा छ । आयरल्याण्डको पनि सुपर १२ मा पुग्ने सम्भावना कायमै छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : ४५ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र