जीप दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

जीप दुर्घटनामा एक जनाको मृत्यु


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको जीप दुघर्टना भएको हो ।

दुर्घटनामा बोलेरो चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने वर्ष ४९ का कमल श्रेष्ठ घाइते भई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

मृतक श्रेष्ठ चौरीदेउराली गाउँपालिका–४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ८ : ५९ बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका