जीप दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

जीप दुर्घटनामा एक जनाको मृत्यु


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको जीप दुघर्टना भएको हो ।

दुर्घटनामा बोलेरो चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने वर्ष ४९ का कमल श्रेष्ठ घाइते भई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

मृतक श्रेष्ठ चौरीदेउराली गाउँपालिका–४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ८ : ५९ बजे

सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन

काठमाडौं – सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन

पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी

कास्की । पोखरा महानगर क्षेत्रभित्र आज साँझ ७ बजेदेखि भोलि

जेन–जी आन्दोलनमा तनहुँमा ७८ सवारी, ३१ भौतिक संरचनामा क्षति

दमौली– जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक

कुलमान र हर्कको पक्षमा शीतल निवासमा नाराबाजी (तस्बिरहरू)

काठमाडौँ– अन्तरिम सरकार निर्माणको गाँठो फुक्न नसकेका बेला धरानका मेयर