नेपाल फर्किए राजदूत भारद्वाज « Khabarhub

नेपाल फर्किए राजदूत भारद्वाज


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज आफ्नो कार्यकाल समापन गरी नेपाल फर्किएका छन् । दूतावासको तर्फबाट एक संक्षिप्त कार्यक्रमको आयोजना गरी उनलाई बिदाइ गरेको छ ।

कार्यक्रममा नियोग उपप्रमुख लक्ष्मण खनाल तथा अन्य कूटनीतिक एवम स्थानीय कर्मचारीहरुले उनको आगामी जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

यसघि नेपाल सरकारले फ्रिता बोलाएपछि राजदूत भारद्वाजले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग भेट गरी आमिर र राज्यका अधिकारीहरूलाई उनीहरूको सहयोगका लागि धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध सुदृढ पार्न योगदान पुर्‍याएको बताएका थिए ।

अघिल्लो सरकारले राजनीतिक नियुक्तिको आधारमा नियुक्त गरेको राजदूतहरु फिर्ता बोलाउने निणर्य गरेसँगै उनी आफ्नो कार्यकाल नसकिदै स्वदेश फर्किएका हुन् ।

उनले संसदीय सुनुवाइ समितिमा कतारका राष्ट्र प्रमुखको नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा गर्न नपाउदै सरकारले फिर्ता बोलाएपछि नेपाल फर्किएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ३ : ०४ बजे

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६